१३औँ पुण्यतिथिमा सम्झिए पद्मरत्नका योगदान
काठमाडौँ । नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन वसन्तपुरमा आयोजित श्रद्धान्जलसभामा भाषा, समावेशिता, मानव अधिकार र शान्ति प्रक्रियामा तुलाधरले पु¥याएका थिए योगदानको स्मरण गरियो ।
सो सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तुलाधरप्रतिको सम्मानलाई औपचारिकतामा मात्र सीमित नराखी जनस्तरबाट अभियानको रूपमा अघि बढाउनुपर्ने र उहाँका सकारात्मक सन्देशलाई चिरस्थायी बनाउन नयाँ पुस्तामाझ पु¥याउनुपर्ने खाँचो औँल्याए।
दिवङ्गत तुलाधरलाई मुलुकमा निरङ्कुश शासन रहँदा निर्भिक भएर आन्दोलनको अगुवाइ गर्ने महानायकको रुपमा स्मरण गर्दै उहाँले तुलाधरको हरेक भूमिका सशक्त र निष्ठापूर्ण भएको रक्षामन्त्री पोखरेलले बताए ।
पूर्व सभामुख दमननाथ ढुँगानाले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तुलाधरसँग वर्षौं सँगै हिँडेको र अब पनि उहाँकै मार्गमा हिँडेर उहाँद्वारा थालिएका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गोविन्द छन्त्यालले तुलाधरलाई आदिवासी जनजाति आन्दोलनको पर्यायको रूपमा स्मरण गरेका हुन ।
राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले उत्पीडित र पिछडिएका समुदायको अधिकार स्थापित गर्ने सङ्घर्षमा तुलाधरको हिस्सेदारी अतुलनीय रहेको बताए का छन ।श्रद्धान्जली सभा आयोजक समितिका तर्फबाट अधिकारकर्मी मल्ल के सुन्दरले तुलाधर जस्ता व्यक्ति फेरि फेरि जन्मिरहूँन भनी कामना गर्नु सान्दर्भिक हुने विचार व्यक्त गरे ।
दिवंगत तुलाधरप्रति जनकवि दुर्गालाल श्रेष्ठ, उद्योगपति लक्ष्मीदास मानन्धर, सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, आदिवासी जनजाति महासङ्घका प्रवक्ता डा ओम गुरुङ, नयाँ शक्ति पार्टीका नेत्री हिसिला यमि, नेपाल संवत् हूदँ राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमा, सांसदलगायतले दिवंगत तुलाधरको तस्वीर अगाडि भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका छन ।
सभाअघि नेपाल परम्परागत बौद्ध धर्म सङ्घका बज्राचार्य गुरुहरुबाट दिवङ्गत तुलाधरको सुगतिको कामना गर्दै दुर्गति परिशोधन धारणी पाठ गरिएको थियो । दिवङ्गत तुलाधरको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
तुलाधरको असामयिक निधनका कारण कात्तिक २२ गतेको भिन्तुना ¥याली स्थगन गरिएको थियो । यो वर्ष न्हूँद राष्ट्रिय समारोह समितिको आह्वानमा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःलाई स्मरण गर्दै मङ्सिर २ गते शंखधर दिवसका अवसरमा वसन्तपुरबाट एक विशाल साँस्कृतिक ¥याली निकालिँदै छ । रासस
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...