कौशलटारमा भीषण आगलागी, छ करोडको क्षति
काठमाडौ । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ ।
गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु छ करोड बराबरको क्षति भएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताए ।
आगलागीबाट फर्निचर कारखानासँगै, शो रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका छन् । साथै श्रेष्ठको आफ्नै घरमा समेत क्षति पुगेको उहाँले जानकारी दिए । सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालनमा रहेको मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री, प्रदीप सिलवालको घरमा केही क्षतिसमेत भएको छ ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी छ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा आज बिहान ४ बजे आगो नियन्त्रणमा आएको हो ।
उद्योगका सञ्चालक राजु श्रेष्ठले आगलागीबाट सम्पूर्ण सामान नष्ट भएको, आफ्नै घरमा समेत क्षति पुगेको बताउए । उनले आगलागीबाट रु छ करोडभन्दा बढीको क्षति पुगेको जानकारी दिए ।
Comments
अरु समाचार
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...