ताजा समाचार

विप्लव राजनीतिक सहमतिमा नआए प्रशासनिक समाधान खोजिन्छः प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई नामै किटेर राजनीतिक सहमतिमा नआए प्रशासनिक समाधान खोजिने चेतावनी दिएका छन् ।

पछिल्लो समयका गतिविधिले गम्भीर रुप लिदेगएकाले सरकार समेत गम्भीर बन्नु परेको भन्दै यसको समाधान छिट्टै निकाल्ने प्रचण्डले दावी गरेका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद भएको बताए । उनले भने, अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ, सोच्छ, सोचेको छ ।’

सरकारले राजनीतिक रुपले सहमतिमा आउने हदसम्म सहमतिको प्रयास गरेको र भविश्यमा पनि गर्ने उनले बताए । नभए सरकारले प्रशासनिक रुपमा समाधान खोज्ने भन्दै उनले भने, ‘तपाईहरु हेर्दै जानुहोला, यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुबैतिरबाट समाधान गरिन्छ ।’

यसै प्रसंगमा बोल्दै प्रचण्डले क्यान्टोनमेन्टमा राखेको केही हतियार चोरी भएको र त्यो सूचना तत्कालीन सरकारलाई दिएको बताए । त्यसबाहेकका सबै हतियार व्यवस्थापन गरेको भन्दै प्रचण्डले भने, ‘अब त्यो (लडाकू शिविर) भन्दा बाहिर कसैले लुकाएर राखेको थिए भने हामी जिम्मेवार हुन सक्ने होइन ।’

विप्लव समूहबाट हतियार बरामद हुनु सामान्य घटना भएको भन्दै उनले त्यसलाई हतियार व्यवस्थापनको समस्या हल नभएको रुपमा प्रचार गर्नु उचित नहुने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org