ताजा समाचार

सर्वोच्चमा पाँच न्यायाधीशको सिफारिस गर्दै न्यायपरिषद्

काठमाडाैं । सर्वोच्चमा रिक्त पाँच न्यायाधीश सफारिसका लागि अहिले न्यायपरिषद्को बैठक बसिरहेको छ। प्रधान्यायाधीशको अध्यक्षतामा बस्ने बैठकले सिफारिस गर्नेछ।

परिषद् स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस गर्ने तयारी छ ।

अदालतबाट दुई न्यायाधीश नियुक्तिपछि बाँकी तीन पदमा प्रगतिशील खेमाबाट दुई र लोकतान्क्रिक खेमाबाट एक जना न्यायाधीश नियुत्त हुने ‘अघोषित’ सहमति भएको परिषद् स्रोतले बतायो । जसअनुसार प्रगतिशीलमा तत्कालीन माओवादी खेमाबाट एक र तत्कालीन एमाले खेमाबाट एक जनालाई नियुक्ति गर्ने तयारी छ । तत्कालीन माओवादीको खेमाबाट न्यायपरिषद्कै सदस्य पदम वैदिक चर्चामा छन् ।परिषद्को सिफारिसलाई संवैधानिक परिषद्ले अनुमोदन गरेपछि संसदीय सुनुवाइ हुनेछ।

बैठकमा उच्च अदालतमा १९ जना न्यायाधीश सिफारिसबारे पनि छलफल हुने जनाइएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org