ताजा समाचार

भारतीय चर्चित गायिका नेहा कक्कर नेपाल आउँदै

काठमाडौं । चर्चित भारतीय गायिका नेहा कक्कर नेपाल आउने भएकी छन् । आँख मारे, दिलबर दिलबर, काला चस्मा, लण्डन ठुमकदा’ लगायतका चर्चित गीतमा आफ्नो आवाज दिएकी कक्कर काठमाडौंका विभिन्न २ स्थानमा लाइभ प्रस्तुति दिनेछिन् ।

‘पारामाउन्ट इन्टरटेन्मेन्ट’को आयोजना हुने कार्यक्रममा नेहाले चैत २७ गते काठमाण्डौको गैरीधारास्थित लस एस्कोबारमा र २८ गते ठमेलस्थित एलओडीमा प्रस्तुती दिनेछिन् । नेहाले आफू काठमाण्डौ आउन लागेको कुरा इस्टाग्राममा पनि पोस्ट गरेकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org