ताजा समाचार

बारमा लोकतान्त्रिकको अग्रता कायमै, उपत्यकाको मत गन्न बाँकी

काठमाडौं । नेपाल बार एशोसिएसनमा उपत्यका बाहिरको मत गणना सकिँदा प्रजातान्त्रिक समूहले अग्रता लिएको छ ।

उपत्यकाबाहिरको ३ हजार ४ सय ८७ मत गणना हुँदा अध्यक्षमा प्रजातान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले १७ सय ८७ र वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठले १५ सय ६१ मत ल्याएका छन् । पोखरेलले २ सय २६ मतले अग्रता लिएका हुन् ।

उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएका छन् ।

नेपाल बार एशोसिएसनको २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चैत १६ गते देशभरका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार अब उपत्यकाको ३८ सय ७४ मत गन्न बाँकी छ । जसमध्ये १२ सय ८९ मत बुधबार गणना हुँदैछ भने २५ सय ८५ मत बिहीबार गणना हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org