ताजा समाचार

तारागाँउ रिजेन्सी प्रकरणः विजयकुमारको ट्वीटमाथि सराफसँगको सम्बन्ध र नियत कोट्याउदै पत्रकारहरु !

काठमाडौं । बरिष्ठ पत्रकार विजजयकुमार पाण्डेको ट्विटले पत्रकारहरुबीच ठूलो विवाद मच्चाएको छ । प्रसंग थियो अहिले मिडियामा सर्वत्र चर्चामा रहेको हायात होटलको सरकारी सेयरमा भएको बदमासी र त्यस सम्बन्धमा होटलका तर्फबाट बुधबार विभिन्न राष्ट्रिय पत्रिकामार्फत जारी भएको श्वेतपत्र ।

विवादीत बनेको तारागाउँ रिजेन्सीमा भएको सेयर विवादबारे लेखिएका समाचार अनुसार एशियाली विकास बैंकको प्रति कित्ता रु. १०० अंकित अग्राधिकार शेयर सराफ तथा श्रेष्ठ समूहले रु. ६१ का दरले खरिद गरेको कारण राज्य कोषमा झण्डै १ अर्व ३२ करोड घाटा लागेको श्रोतले बताएको भन्दै आएको समाचारका आधारमा विवाद चर्केको हो ।

तारागाउँ रिजेन्सीबारे समाचार आएपछि बरिष्ठ पत्रकार पाण्डेले एका बिहानै ट्वीट गर्दै लेखेः

त्यसपछि यसबारे समाचार लेख्ने पत्रकारहरु एकाएक पाण्डेको विरुद्धमा ओर्लिए । उनीहरुले पाण्डेको पत्रकारीता र उनकै पुस्तक खुशीलाई उदृत गर्दै खरो टिप्पणी गर्न थालेका छन् ।

पत्रकार कृष्ण ज्ञावालीले लेखेका छन्,

यसपछि चलेको दोहोरीले पत्रकार पाण्डेका विरुद्ध शब्द बाणहरु धमाधम आइरहेका छन् ।

यस्तैमा पत्रकार अनमोलमणीले लेखे,

पाण्डेका विरुद्ध चलेको ट्विटर युद्धमा पत्रकार कृष्ण ढुंगानाले पाण्डेको पुस्तकको अंश नै राखेर लेखे,


विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुले बरिष्ठ पत्रकार पाण्डेको नियत र सर्राफसँगको सम्बन्ध समेत केलाउन थालेपछि पाण्डे रक्षात्मक देखिएका छन् ।

पाण्डेलाई आएका थुप्रै टिप्पणी हेर्दा लाग्छ, उनी युवा पुस्तालाई पत्रकारीतामा देख्न चाँहदैनन् । आफैले पत्रकारीताको साम्राज्य सम्हालेर बस्न चाहन्छन् । तर, उनीमाथि भएका पछिल्ला प्रहारले भने उनलाई ठुलै चोट लागेको थाहा हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org