ताजा समाचार

Breaking: बारको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी

काठमाडाैँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मत गणना सकिए पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।

महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल गतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गर्दै विजयी भएका छन् ।

निर्वाचन आयोगले मत परिणाम आधिकारिकरुपमा घोषणा गर्न बाँकी रहे पनि उनी निकट व्यवसायीहरुले भने जित भएको भन्दै खुशीयाली मनाउन थालेका छन । श्रेष्ठ नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका हुन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले पछिल्लो मत परिणाम अनुसार ३ हजार ५ सय ८३ मत ल्याएका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अघि छन् । त्यसैगरी प्रगतिशील समूहकै तर्फबाट कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल र महिला उपाध्यक्षमा रक्षा बस्याल पनि अगाडि छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org