ताजा समाचार

दुलाल बन्धु समाजको दोश्रो साधारण सभा सम्पन्न, रामकृष्णको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन

चितवन । दुलाल बन्धु सेवा समाजले चितवनमा दोश्रो साधारण सभाबाट रामकृष्ण दुलालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ ।

नयाँ वर्ष २०७६ को शुभकामनासँगै निपानी स्थित हरीहर ब्याक्यूट क्याफेमा सभा सम्पन्न गर्दै ८६ वर्षीय गुप्त कुमारी दुलालई सम्मान गरेको छ । दुलाल बन्धुले जेष्ठ सदस्य ७६ वर्षीया खड्ग कुमरी दुलाललाई समेत सम्मानसहित नगद पुरुस्कार वितरण गरेको समाजका नवनिर्वाचित सचिव राम कृष्ण दुलालले जानकारी दिए ।

कार्यक्रममा दुलाल बन्धु सेवा समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष पर्शुराम दुलालको प्रमुख आतिथ्यमा, केन्द्रिय सदस्यहरु भोग प्रसाद दुलाल, दिपक दुलाल ,प्रदेश नम्बर तीन का उपाध्यक्ष अर्जुन दुलाल ,महासचिब मित्र प्रसाद दुलाल ,प्रदेश सदस्य शुभ राज दुलाल, मोरङ जिल्ला अध्यक्ष टंक प्रसाद दुलाल, ऊर्जा बिज्ञ डा. कृष्ण प्रसाद दुलाल, अम्बिका प्रसाद दुलाल, एम शर्मा दुलाल, नन्द प्रसाद दुलाल को आतिथ्यमा ज़िल्ला भरका दुलाल बंधुहरुको उपस्थितीमा नयाँ कार्य समिती गठन गर्दै सभा सम्पन्न भएको छ ।

नयाँ कार्यसमितिमा निर्वाचित हुनेमध्येमा उपाध्यक्ष नन्द प्रसाद शर्मा दुलाल, कोषाध्यक्ष, गोमा दुलाल, सचिव राम कृष्ण दुलाल,  सह-सचिव राम प्रसाद दुलाल र सदस्यहरुमा आकृति दुलाल, उत्तर कुमार दुलाल, मनोज दुलाल, डोल प्रसाद दुलाल रहेका छन्  ।

यस्तै, सल्लाहकारमा मित्र दुलाल, अम्बिका प्रसाद दुलाल, एम शर्मा दुलाल र चोल प्रसाद दुलाल निर्वाचित भएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org