ताजा समाचार

श्रमको मूल्यको कुरा गर्दा मेरो राजीनामा माग्नेः मन्त्री बाँस्कोटा

काठमाडाैं। सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले श्रमको मूल्यको कुरा गर्दा स्वतन्त्रताको मसिया बनेर निकालेको विज्ञप्ति पढेको थिए भन्दै नेपाली अक्षरमा लेखिएको कुरा राम्ररी पढ्न सक्ने र अर्थ पनि बुझ्ने भन्दै पत्रकारमाथि कडा प्रहार गरेका छन् ।

मन्त्री बाँस्कोटाले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको विषयमा बोल्दै सधैं नक्कली कागज बुझाएर मिडिया नचल्ने बताएका छन्।

नेपाल पत्रकार महासंघले मंगलबार संचारग्राममा गरेको ‘पत्रकारितामा श्रम सवाल’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई न्याय हुनैपर्ने बताए ।

‘ठूल–ठूला मिडिया ग्रुप संचालन गर्ने, चार–पाँच संञ्चार माध्यम पनि चलाउने अनि पत्रकारलाई तलब दिनुपर्छ भन्दा न्याय चाइयो भन्ने ?’, मिडियाप्रति प्रश्न गर्दै बास्कोटाले भने, ‘सरकारले निर्णय गरिसकेको छ। यसमा भन्नु केही छैन।’

पत्रकारलाई कानून बमोजिम पारिश्रमिक दिऊ भन्दा कतिपय सञ्चार उद्यमी आफ्नो राजीनामा माग्ने तहमा ओर्लिएको बास्कोटाले बताएका छन् । श्रमको शोषण गर्नेहरुसँग आफूले सम्झौता नगर्ने भन्दै आम पत्रकार र पत्रकार महासंघलाई कित्ता स्पष्ट पार्न आग्रह समेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org