ताजा समाचार

चितवन पुगेपछि सिंगापुरको झल्को आउने स्थिति बन्योः प्रचण्ड

काठमाडाैं । नेकपा अध्यक्ष प्रचण्डले चितवनले सिंगापुरको एउटा भाग सन्तोषा झल्को दिने गरेको दाबी गरेका छन् ।

चितवनको विकास र यहाँको भुगोलले बेलाबेलामा मलाई सिंगापुरको झल्को दिन्छ, प्रचण्डले भने । प्रदेश र संघको निर्वाचनको पूर्व सन्ध्यामा बोल्दै आफूले राष्ट्रिय सहमतिबाट नेपालले राजनीतिक स्थिरता आएको दाबी गरेका छन् ।

देशलाई आर्थिक विकासको सुचकांकमा अगाडी लैजान देश तथा विदेशमा बसेका नेपालीको चाहना त्यहि हुने स्मरण गरेका छन् । प्रचण्डले देश धनी बनाउन पर्नेमा जोड दिदै भने, मानिस धनी भएर हुँदैन देश धनी हुनुपर्छ । होइन भने नेपाली नै गरिब भनेर चिनिने जनाए । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई साक्षी राख्दै प्रचण्डले यस्तो जनाएका हुन् ।

चितवनमा फनपार्क उद्घाटन गर्दै प्रचण्डले चितवनमा राष्ट्रिय पहिचानको विषय बन्न लागेको भन्दै रेकर्ड बन्ने स्थिति बन्दै गएको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org