ताजा समाचार

‘सेतो याक’ लिएर आउँदैछन् सह-सचिव पनेरु

काठमाडाैं । उपन्यासकार केदार पनेरुको कृति ‘सेतो याक’ आउदो शुक्रबार जेठ ३ गते सार्वजनिक हुने भएको छ ।

उपन्यासकार पनेरुको कृति सेतो याक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितद्वारा विमोचित हुने भएको हो ।


‘फुर्वाले काम पाएर घर फर्केको पहिलो दिन डोल्माले घिउको बत्ती बाली । त्यो बत्तीको एक धर्को उज्यालो सुटुक्क उसको मनभित्र पस्यो । झलमल्ल उज्यालियो डोल्माको मन । उसको उज्यालो मनको चहक आँखा ओठसम्म आयो । फुर्वाले देख्यो । उसको पनि मन डोल्माले बालेको दियोभन्दा चहकिलो भयो । घरी बत्तीतिर घरी डोल्मालाई हेर्न थाल्यो फुर्वा । उनीहरुका ओठले केहि भनेनन् तर मनले एकअर्काको खुशी पढिसकेको थियो ।’ यो अंश सेतो याक पुस्तकमा समावेश गरिएको छ । हामीलाई यो अंश मन परेकाले यहाँ उल्लेख गरेका हाैं ।

पनेरुको कृति सेतो याक राजधानीको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा एक कार्यक्रमकाबीच सार्वजनिक हुन लागेको हो । यद्यपी पनेरुको यो पहिलो साहित्यिक कृति हो । उनी नेपाल सरकारका निजामति तर्फका कर्मचारी हुन् । अहिले संघीय मामिला मन्त्रालय अन्तरगत सह-सचिव पदमा कार्यरत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org