ताजा समाचार

नेकपा जनबर्गिय संगठन एकताः युवाको नेतृत्व वाइसिएल र विद्यार्थिको नेतृत्व अखिलले पाउने निश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गिय संगठनको एकता प्रक्रिया टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज जनवर्गिय संगठनको भागबण्डाको अन्तिम टुंगो लगाएको हो ।

नेकपा सचिवालयको बैठकले युवा, विद्यार्थी, पत्रकार, महिला, मजदुर र बुद्धिजीविको नेतृत्वबारे अन्तिम टुंगो लगाएको नेकपाका एक सचिवालय सदस्यले लुम्बिनी भ्वाइसलाई जानकारी दिए ।

ती नेताका अनुसार युवावको नेतृत्व पूर्वमाओवादीको युवा संगठन वाइसिएल नेपाललाई दिने भएको हो । अब संयुक्त पार्टीको युवा संगठनको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पाउने भएका छन् ।

यस्तै, विद्यार्थीको नेतृत्व भने पूर्वएमालेको पोल्टामा परेको छ । जसमा अखिलका तर्फबाट ऐन महरले संयुक्त विद्यार्थीको नेतृत्व सम्हाल्ने भएका हुन् ।

महिलाको नेतृत्वमा समेत पूर्वमाओवादीले पाएको छ भने पत्रकारमा पनि पूर्वमाओवादीले नेतृत्व पाएको छ । महिलामा अमृता थापामगर र पत्रकारमा महेश्वर दाहालले जिम्मा पाउने भएका हुन् । भने मजदुर र बुद्धिजीवीमा भने पूर्व एमालेले पाउने भएको हो । मजदुरमा विनोद श्रेष्ठ र बुद्धिजीवीमा डा. दिनेशन्द्र देवकोटाले नेतृत्व सम्हालने भएका हुन् ।

सचिवालय सदस्यका अनुसार सम्पूर्ण जनवर्गिय संगठनमा अध्यक्ष र सह-अध्यक्ष गरेर कार्यविभाजन गर्ने तयारी भएको हो । भने अन्य नेताहरुको नाम भने सार्वजनिक भएको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org