ताजा समाचार

बर्दिवासमा आगलागी हुँदा लाखौँको क्षति

महोत्तरी, ३ असोज । महोत्तरीको बर्दिवासमा आज बिहानै एक मोटर पार्टस् टे«डर्समा आगलागी हुँदा लाखौँको क्षति भएको छ । बर्दिवासस्थित भोला वसन्त चोकमा सञ्चालित विपिन मोटर पार्टस् टे«डस्मा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको हो ।

पसल सञ्चालक विपिन साहका दुई वर्षीय छोरा विराज साहले मैनबतीसँग खेल्ने क्रममा पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । सो आगलागीमा परी बालक विराज गम्भीर घाइते भएका छन् ।

बालक विराजको उपचार स्थानीय शुभस्वतिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

पसलमा राखिएको इन्धनबाट सल्केको सो आगोका कारण पसलमा रहेको ट्युब, टायर, मोटर पार्टस्, पेट्रोललगायतका सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक चन्देश्वर यादवले जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org