ताजा समाचार

प्रधानमन्त्री समक्ष एकनाथ ढकालले मागे राष्ट्रिय सभा सदस्य

काठमाडाैं । नेपाल परिावार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो दललाई संसदमा प्रतिनिधित्व गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

ढकालले आफ्नो दललाई राष्ट्रिय सभामा सहभागी गराउन आवश्यक प्रक्रिया छिटो चाल्न भन्दै प्रधानमन्त्री ओलीलाई वालुवाटारमा भेटेर ध्यानाकर्षण गराएका हुन् ।

नेपाल परिचार दल र तत्कालीन नेकपा एमालेबीच भएको सहमति अनुसार आफ्नो दलले सांसद पाउनुपर्ने दाबी सहित उनले तीन बुँदे सहमति पालना गर्न माग गरेका थिए ।

ढकालले यसबारे जानकारी नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाललाई समेत भेटेर यसबारे ध्यानाकर्षण गराउने जनाएका छन् ।

अध्यक्ष ढकाल तीनै नेता हुन जसले नेपाल सरकारलाई सह-आयोजक बनाएर विवादीत एसिया प्यासिफिक समिटको नाममा धर्मको प्रचार गराएका थिए । कोरियामा पुगेर मदर मुनलाई हिमालको देश नेपालमा विश्वले मदर मुन स्विकार गरेको भन्दै भाषण समेत गरेका थिए । उनले बरिष्ठ नेता नेपालको सहयोगमा सरकारलाई सह-आयोजक बनाएपनि सर्वसाधारणंको विरोधपछि सरकार पछि हटेको थियो ।

भने, कार्यक्रममा पिलाइएको होली वाइन समेत विवादीत बनेको थियो । होली वाइनमा मुनको शुक्रकिट हुने भन्दै अन्तराष्ट्रिय मिडियाले जनाउदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org