ताजा समाचार

गायक प्रकाश सपुत भए ‘डीएनए क्लोथिङ’ को ब्राण्ड एम्बेस्डर

काठमाडाैं । लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् ।

डीएनएले आज एक विज्ञप्ति जारी गर्दै बिगत दुई वर्ष बजारमा आएको कपडाको ब्राण्ड डीएनएले आज प्रकाशलाई एक कार्यक्रमका बीच एम्बेस्डरको घोषणा गरेको जनाएको हो । एक वर्षका लागि एम्बेस्डरको रुपमा डीएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागि यो ठूलो सफलता भएको बताए ।

‘मेरो लागि डीएनएसँग जोडिनु ठूलो सफलता हो ।’ प्रकाशले कार्यक्रममा भने, ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश विदेशमा छरिएर रहेका युवा माझ छिटो पुग्न सक्नु भन्ने हो ।’

डीएनएको तर्फबाट केदारप्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाणपत्र प्रदान गरे । केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँछन् ।

कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेतलगायतको उपस्थिति रहेको थियो । गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन् । उनको यस गीत केही समय विवादमा पनि रह्यो । प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् ।

यी गीत युट्युबमा करोड बढी पटक हेरिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org