ताजा समाचार

विप्लव नेतृत्वको नेकपाले गर्‍यो सरकारसँग वार्ता गर्ने निर्णय

काठमाडौ । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारले औपचारिक रुपमा पत्र पठाएर वार्तामा बोलाए वार्ता गर्ने निर्णय गरेको छ ।

आजको कान्तिपुर दैनिकले एक स्थायी समिति सदस्यको हवाला दिदै विप्लव नेतृत्वको नेकपाले अघिल्लो साता बसेको बैठकबाट वार्ता गर्ने निर्णय गरेको दावी गरेको छ ।

तर, भर्खरै मात्र भोजपुरमा भएको घटनाम नीरकुमार मारिएपछी एक वक्तव्य निकाल्दै प्रधानमन्त्री ओली र गृहमन्त्री बादल नागरिक हत्यामा लागेको भन्दै प्रतिक्रान्तिको जवाफ दिएरै छाड्ने जनाएको थियो ।

पटकपटक वार्ताको कुरा गरिएपनी सरकार वार्ताका लागि तयार नभएको भन्दै विप्लवले आरोप लगाउदै आएका छन् ।

यद्यपि अहिले विप्लवको पार्टीको स्थायी समिती बैठकले वार्ता गर्ने निर्णय गरेको कान्तिपुर दैनिकले दावी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org