ताजा समाचार

पहिरोले पुरिएर काभ्रे र रामेछापमा ३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुको सनाखत भएको छैन । काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको हो ।

यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको र घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पानी पर्न नरोकिए बाढी र पहिरोबारे सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह समेत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org