ताजा समाचार

राजधानीमा मेट्रो रेल

काठमाडाैं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ ।

सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बुढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डिपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।

विभागले डिपीआर तयार पार्न इच्छुक कम्पनीहरस्ति प्रस्ताव (आरएफपी) मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव हालेका थिए । यो समाचार ाजको कान्तिपुर दैनिकमा छ ।

प्रस्तावमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरुसित डिपीआर तयार पार्नका लागि प्राविधिक आर्थिक प्रस्ताव मागेको छ ।

ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डिपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org