ताजा समाचार

प्रचण्ड निवासमा पूर्वमाओवादीको बैठक जारी

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउन भन्दै पूर्वमाओवादीको बैठक खुमलटारस्थित प्रचण्ड निवासमा चलिरहेको छ ।

एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन ३२ केन्द्रीय विभागमध्ये १८ पूर्वएमाले र १४ पूर्वमाओवादीले लिने गरि भागवण्डा गरणै सहमति गरेको थियो । माओवादीको भागवण्डामा परेका विभाग कसलाई जिम्मा दिने भन्नेवारे छलफल भएरहेको बैठकमा सहभागी एक नेताले जनाए ।

आइतबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्नुअघि अनौपचारिक छलफल गर्न बैठक बसेको ती नेताले जनाएका छन् । एकता प्रक्रियामा टुंगो लगाउनु पर्ने जिल्ला इन्चार्जहरु, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका विषयमा आजै सचिवालयले टुंगो लगाउने तयारी छ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ। पूर्व माओवादीले पाएको भागवण्डामा छलफल गरी नाम तय गर्न बैठक बस्न लागेको ती नेताले बताए ।

पूर्व एमालेतर्फकाले बिहीबार साँझ, शुक्रबार र शनिबार आफ्नो पूर्ववत समूहमा छलफल गरेका थिए । पूर्व एमालेले पाएको संगठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल र नीति अध्ययनमा झलनाथ खनाललाई लैजाने सहमति भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org