ताजा समाचार

प्रत्येक साउने सोमबार पाँच सय मै चन्द्रागिरी केवलकार चढ्न पाइने

काठमाडाैं । चन्द्रागिरी हिल्सले प्रालीले साउनको प्रत्येक सोमबार केवलकारपाँच सयमा चढाउने भएको छ ।

२०७६ सालको साउन महिनाभरको सोमबारका लागि लागु हुनेगरि चन्द्रागिरीले चन्द्रागिरी हिल्स प्रालीले केवलकारको भाडा घटाएको हो । नेपाली नागरिकका लागि ल्याइएको प्याकेज टिकट खरिद गरेको दिनका लागि मात्र लागु हुने चन्द्रागिरी हिल्सका जेनरल म्यानेजर अभिषेक बिक्रम शाहले जनाए ।

साउनको प्रत्येक सोमबार नेपाली महिलाले ब्रत लिने र हिन्दु धर्मावलम्बिका लागि महत्वपूर्ण मानिने भएकाले चन्द्रागिरीमा भालेश्वरको मन्दिर रहेको र ऐतिहासिक धार्मिक महत्वको स्थान भएकाले यस्तो प्याकेज ल्याएको शाहले जनाए ।

यद्यपी टिकट भने थानकोटस्थित काउन्टरबाट मात्र खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org