ताजा समाचार

मेलम्चीको पाइप सफा गर्न गएका दुई भाइको अस्पतालमा मृत्यु !

काठमाडौं । राजधानीको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।

मेलम्चीको खानेपानी पाइप सफा गर्ने क्रममा पाइपमै थुनिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरुलाई उद्धार गरेर शिक्षण अस्पताल महाराजगंजमा लगिएपनि उनीहरुको निधन भएकोकाठमाडौं प्रहरीका एसपी अशोक सिंहले जनाए ।

सहरेदार दाजुभाई पाइोमा थुनिएपछि प्रहरीको टोली पुगेर उद्धार गरेको थियो । झण्डै आधा घण्टा लगाएर उनीहरुलाई उद्धार गरिएपनि अस्पतालमा मृत्यु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org