ताजा समाचार

त्रिबिमा उपकुलपति सिफारिस गर्न शिक्षामन्त्रीको संयोजकत्वमा ‘सर्च कमिटी’ गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न भन्दै सहकुलपतिसमेत रहेका शिक्षा मन्त्रीको संयोजकत्वमा ‘सर्च कमिटी’ गठन गरिएको छ ।

सहकुलपतिसमेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन भएको हो । कमिटीमा कमलप्रसाद गुरागाईँ र दिल्लीप्रसाद शर्मा रहेका छन् ।

प्राडा. तीर्थ खनियालाई तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले ०७२ भदाै ७ गते उपकुलपतिमा नियुक्त गरेको थियो ।  हालका उपकुलपति प्रा.डा. खनियाँको कार्यकाल सकिन दुई साता बाँकी रहेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो ।

त्रिभुवन विश्वविद्यालयको ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहने गरी सर्च कमिटी गठन गर्ने व्यवस्था छ । सर्च कमिटीले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवम् प्रधानमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org