ताजा समाचार

सरकारका वरिष्ठ तीन सचिवले आज एकैपटक अवकास पाउदै

काठमाडौं । सरकारका तीन सचिवले आजदेखि उमेर हदका कारण अवकास पाउने भएका छन् ।

निजामती सेवाबाट अवकास पाउनेहरुमा सचिवहरु अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र बिष्णु लम्साल रहेका छन् ।

अवकास पाउना लागेका सचिवहरु कार्की राष्ट्रिय पुर्निर्माण प्राधिकरण र शर्मा खानेपानी मन्त्रालयका सचिव हुन् । अब भने उक्त स्थानमा सचिव विहीनको अवस्था सिर्जना भएको छ । भने अर्का बरिष्ठ सचिव लम्सालले भने अर्को जिम्मेवारी पाउने भएका छन् । उनले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशकमा नियुक्ति पाएका छन् ।

तीनै जना सचिवले निजामती सेवामा तोकिएको उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका हुन् । विशिष्ट श्रेणीमा पदोन्नती भएको ५ वर्ष पुरा गरेपछि अनिवार्य अवकास पाउने कानुनी व्यवस्था रहेको छ । आजदेखि सेवाबाट अवकास पाउन लागेका सचिवहरु ०७१ को साउनमा पदोन्नती भएका थिए ।

अवकास पाउन लागेका कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शर्मा खानेपानी मन्त्रालयका सचिव हुन् । अब यी दुवै मन्त्रालयमा सचिव पद रिक्त हुने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org