ताजा समाचार

खानेपानी मन्त्रालयका सचिव शर्माको औपचारिक बिदाई कार्यक्रम सम्पन्न

काठमाडौं । निजामती सेवामा सचिव पदबाट अवकास पाएका खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई औपचारिक बिदाई गरिएको छ ।

आजै मंगलबारदेखि अवकास पाएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाई गरेको हो । खानेपानी मन्त्री बिना मगरले सचिव शर्मालाई खादा, टोपी र माला लगाई मन्त्रालयबाट औपचारिक बिदाई गरिन् ।

बिदाई कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणको अभियानमा सचिव शर्माको भूमिका र सहयोग सरकारका लागि महत्वपूर्ण हुने बताइन् । ‘समाज र राष्ट्रका लागि आगामी दिनमा शर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ उनले भनिन, ‘प्रशासनिक क्षेत्रमा राष्ट्रले ठूलो लगानी गरेको छ । उहाँ जस्तो व्यक्तित्वका लागि राष्ट्रले लगानी गरेको हुँदा उहाँ आगामी दिनहरुमा थप उर्जाका साथ राष्ट्र निर्माणमा लाग्नु हुनेछ भन्ने विश्वास लिएकी छु ।’

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले सचिव शर्मा कुशल प्रशासक, क्षमतावान् र काममा लगनशील व्यक्ति भएको टिप्पणी गरे ।

बिदाई कार्यक्रममा बोल्दै सचिव शर्माले आफू आगामी दिनमा राष्ट्रको सेवा गर्न सधैं तयार रहेको बताए । उनले अवकासपछि पनि मन्त्रालयको कुनै पनि काममा स्वयंसेवक भएर सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाए ।

विशिष्ठ श्रेणी (सचिव) पदमा पदोन्नति भएको पाँच वर्ष पुरा भएपछि अनिवार्य अवकास हुने कानुनी व्यवस्था छ । शर्माको सचिव पदमा पदोन्नति भएको आज मंगलबार पाँच वर्ष पुगेकाले अवकास  भएका हुन् । उनी निजामती सेवामा २०५२ वैशाख २६ गते प्रवेश गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org