ताजा समाचार

प्रदेश ३ को राजधानी नुवाकोट वा रामेछाप हुनसक्छ तर काठमाडाैं हुनै सक्दैनः मुख्यमन्त्री पाैडेल

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पाैडेलले प्रदेश राजधानी हेटाैडा नै हुनुपर्छ भन्ने पक्षमा नरहेको जनाएका छन् ।

प्रदेश ३ को स्थायी राजधानीबारे राजधानी काठमाडाैंको नयाँबानेश्वरमा पत्रकारसँग कुराकानी गर्दै आफू प्रदेश राजधानी नुवाकोट वा रामेछाप जहाँ भएपनि समहत रहेको तर काठमाडाैंमा हुनेबारे भने कुनै पनि हालतमा नमान्ने दाबी गरेका छन् ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् ।

काठमाडाैंमा प्रदेश राजधानी राख्दा सिंहदरबारको छायाँमा प्रदेश राजधानी हुने भएकाले यस्तो कुरा अस्विकार्य रहेको उनको तर्क रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org