ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्रले राष्ट्र प्रमुखको हैहियतमा नेपालका लागि ठूलो योगदान गरेका छन्ः कांग्रेस नेता सिटाैला

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट जनताले हटाएर निकाल्नु पर्ने स्थिति आउनसक्ने भन्दै नेकपाका अध्यक्ष प्रचण्डले बताएपछि तरङ्ग उत्पन्न भएको छ ।

सरकारी निवास नागार्जुनमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले नागार्जुनको जंगलबीचमा रहेको भवनमा बसिरहेका छन् । तर, उनी राजतन्त्रका अन्तिम राजा भएकाले पूर्व राष्ट्रप्रमुख भएकाले उनलाई त्यहाँबाट हटाइहाल्नु पर्ने स्थिति आउन नसक्ने नेपाली कांग्रेसमा नेता कृष्ण प्रसाद सिटाैलाले जनाएका छन् ।

नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको बेला गृहमन्त्री रहेका सिटाैलाले राजासँग अन्तिम भेटवार्ता गरेर उनलाई नारायणहिटीबाट बिदाई गरेका थिए ।

राजाले त्यस समयमा श्रीपेच आफूले लैजाने प्रस्ताव राखेको र आफूले त्यसलाई कन्भिन्स गर्ने कुरा गरेर नेपालको इतिहास राख्ने श्रीपेच सरकारले संरक्षण गरेर राख्ने प्रस्ता राखेको अनि राजाले स्विकार गरेको दाबी गरेका छन् ।

विभिन्न मुलुकका राजाका घटनाबारे बेलिविस्तार गरेको र राजाले नेपालका लागि ठलो योगदान दिएको जनाए । बिबिसी नेपाली सेवासँग कुराकानी गर्दै नेता सिटाैलाले नेपालको इतिहासको अन्तिम राजा वा राष्ट्र प्रमुखको हैसियतले ठूलो योगदान गरेको जनाएको बताएका छन् ।

राणाहरुले समेत श्रीपेच लगेर गएको स्मरण गरेका राजालाई आफूले सजहै स्विकार गरेको समेत स्मरण गरेका छन् ।

यद्यपी राजाले संविधानको विरुद्धमा काम गर्न खोजेमा राजनीतिक सहमतिका आधारमा केहि गर्न सकिने बाटो भने रहेको उनको तर्क छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org