ताजा समाचार

प्रधानमन्त्री ओली उपचार गराउन पुनः सिंगापुर जाँदै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहिबार पुनः सिंगापुर जाने भएका छन् ।

प्रधानमन्त्री ओलीले सेवन गर्दै आएको औषधिले कम मात्रमा काम गर्न थालेपछि उनी साउन १८ मा सिंगापुरस्थित सरकारी अस्पताल नेसनल युनिभर्सिटी(एनयु)मा एक साता लामो स्वास्थ्य परीक्षण गराई प्रधानमन्त्री ओली २७ साउनमा स्वदेश फर्किएका थिए ।

सिंगापुरमा डाक्टरहरुले केहि समय औषधि सेवन गरेर साइड इफेक्ट जाँच गर्न सुझाएपनि प्रधानमन्त्री ओली साता भित्रै फर्कने भन्दै स्वदेश फर्केका थिए । डाक्टरहरुले नयाँ मृगाैला प्रत्यारोपण गर्नु पर्ने स्थिति समेत आउन सक्ने भन्दै ओलीलाई सुझाएको समेत प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

उनले स्वदेश फर्केर पार्टीमा एकताका बाँकी कामलाई पुर्णता दिनुका साथै महत्वपूर्ण निर्णय समेत गरेका छन् । लामो समयदेखि थाँति रहेको सत्य निरुपण मेलमिलाप र बेपत्ता खोजबिन आयोग गठन गर्न समेत उनले आजै सर्वदलिय बैठक आह्वान गरिसकेका छन् ।

आज हुने बैठकमा प्रधानमन्त्रीले स्वास्थ्य अवस्था र उपचारबारे समेत जानकारी गराउन सक्ने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org