ताजा समाचार

भृकुटीमण्डपमा ‘नाडा अटो शो’ सुरु, के के छन मेलामा ?

काठमाडाैं । राजधानीको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा आजदेखी १५ गते सम्मका लागि ‘नाडा अटो शो’ सुरु भएको छ ।

सवारी साधन, पाटपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसस्थाहरु सहभागी मेलालाई अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका छन् ।

यो नाडाको १४औं संस्करण हो । चाड-पर्वहरुको पूर्वाद्धमा आयोजना भएको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष-अप्रत्यक्ष रुपमा संलग्न सबैलाई लाभ मिल्ने विश्वास नाडाको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लकहरु छन् । मेलामा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत छ ।

आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना-कक्ष समेत प्रदर्शनीमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org