ताजा समाचार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न गौतम र पौडेल आज सिंगापुर जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल मङ्गलबार सिङ्गापुर जाँदै छन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उनीहरु मङ्गलबार दिउँसो १ बजे त्यसतर्फ जान थालेको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए।

स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उनीहरु पनि स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका थिए। उनको उपचार सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org