ताजा समाचार

कृषि मन्त्री बलदेवका बाबु छाेरालाई नै डेंगी संक्रमण

काठमाडाेँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र उनका १५ वर्षीय छोरा मिरुललाई डेंगी संक्रमण भएको देखिएको छ ।

कपिलबस्तुमा रहेका मिरुललाई डेंगी पुष्टि भएपछि अहिले काठमाडौं ल्याइरहेको मन्त्री खनालको प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए ।

‘मन्त्रीज्यू १२, १३, १४ गते कपिलबस्तुको विभिन्न कार्यक्रम सकेर १५ भदौमा काठमाडौं आउनु भएको थियो’ गिरीले भने, ‘काठमाडौं आए लगत्तै मन्त्रीज्यूलाई डेंगी देखिएको थियो । उहाँसँगै हिडेका छोरालाई पनि आज डेंगु भएको पुष्टि भयो । त्यसैले उपचारका लागि अहिले काठमाडौं ल्याइदैछ ।’

मन्त्री खनालले कपिलबस्तु रहँदा कृषिका विभिन्न परियोजना अवलोकन तथा पार्टीगत भेटघाट गरेका थिए ।

उनी बिहानदेखि बेलुकासम्म कपिलबस्तुका विभिन्न भेटघाटमा रहने र साँझ बस्न बुटवल आउने गरेका थिए । कपिलबस्तुको खुल्ला स्थानमा बसेर दिनभर कार्यक्रम गर्दा डेंगी संक्रमण फैलिएको अनुमान गरिएको छ । दिउँसो टोक्ने लामखुट्टेबाट डेंगी फैलिने गरेको चिकित्सकहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org