ताजा समाचार

नेपालमै पहिलोपटक वुमन्स फ्रेन्चाईज क्रिकेट लिग असोज अन्तिम साता

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) असोज अन्तिम साताबाट हुने भएको छ ।

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले सोमबार प्रेस विज्ञप्ति निकाल्दै वुमन्स च्याम्पियन्स लिग असोज २९ देखि कात्तिक ७ गतेसम्म हुने जनाएको छ ।

आयोजकले नयाँ मिति सार्वजनिक गरेसँगै प्रतियोगिता यसअघि घोषणा भएको मिति भन्दा दुई साता ढिला सुरु हुने भएको छ । यसअघि आयोजकले असोज ३ गतेबाट ११ गतेसम्म हुने जनाएको थियो ।

प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहनेछ । आयोजकले सहभागी ५ टोलीको नाम र मार्की खेलाडीको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

पाँचै टिमका मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्यहरु रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org