ताजा समाचार

स्व. बोगटी पार्टीमा सवैभन्दा स्वस्थ नेता हुनुन्थ्यो तर दु:खद निधन भयो: प्रचण्ड

गणतन्त्र र परिवर्तनलाई उल्ट्याउन खोज्ने अराजक तत्वलाई युवा विद्यार्थीले परास्त पार्नुपर्छ: प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले परिवर्तन र गणतन्त्रलाई उल्ट्याउन खोज्नेलाई परास्त पार्न युवा विद्यार्थीलाई निर्देशन दिएका छन् ।

पोष्टबहादुर बोगटीको ५ औँ स्मृति सभामा पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बोल्दै प्रचण्डले गणतन्त्र र परिवर्तनका विरुद्ध केहि मान्छेहरु अत्यन्तै निकृष्ट ढंगले लागेको दाबी गर्दै यस्तो जनाएका हुन् । यस्तै, दिवंगत नेता बोगटी अत्यन्तै जिम्मेवार नेता भएको जनाएका छन् ।

नेता बोगटीलाई तत्कालीन माओवादीले जहाँ अप्ठ्यारो हुन्छ त्यहाँ खटाउने गरेको अध्यक्ष प्रचण्डले जनाए ।

नेता बोगटी इमानदार मात्रै नभएर बहुआयामिक व्यक्ती र प्रेरणाको स्रोत हुनुन्थ्यो । परिवारलाई मात्रै नभएर सबैलाई मिलाएर राख्न सक्ने व्यक्ती हुनुन्थ्यो । प्रचण्डले भने ।

बोगटीले यति छिट्टै छाडेर जानेवारे आफुलाई कहिल्यै नलागेको भन्दै प्रचण्डले भने, पार्टीका बैठकमा कुरा हुँदा उहाँ नै सबैभन्दा स्वस्थ व्यक्ती भएको बारे कुरा हुन्थ्यो । उहाँलाई त्यस्तो कुनै गम्भीर रोग लागेको थिएन तर उहाँले असामयिक रुपमा छाडेर जानु भयो ।

बोगटीले नेपाल निर्माणको जिम्मेवारी छोडेर गएको स्मरण गर्दै प्रचण्डले अब समाजवाद तर्फ जानुको विकल्प नभएको जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org