ताजा समाचार

प्रदेश ३ सामाजिक विकासमन्त्री शरदद्वारा सुडालमा स्वास्थ्य चाैकी उद्घाटन

भक्तपुर । जिल्लाको चागुनारायण नगरपालिका स्थित वडा नं ८ मा नवनिर्मित स्वास्थ्य चाैकी भवन प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले उद्घाटन गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा निर्मित भवनको उद्घाटन आज सोमबार मन्त्री दुलालले गरेका हुन् ।

भवन उद्घाटनमा बोल्दै उनले भने, सुडालका जनताले सहज स्वास्थ्य सेवा पाउनेमा म ढुक्क छु । सवै जनताले सहज र सरल स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी हो । जनताका समस्या समाधान गर्न सरकार तयार छ । केहि परे सिधै हामीलाई सम्पर्क गर्नुस् । सरकारले जनताका समसस्या समाधानमा सम्पूर्ण काम गर्न तयार छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org