प्रधानमन्त्री ओलीलाई संस्कारको चिन्ताः ‘यो नेपालीपन र सभ्यता होइन
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान समारोहमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कार हराएको विषयमा नै चिन्ता प्रकट गरे।
दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
हिजो पत्रकारले आफ्नै बाबुलाई समेत ‘तपाईँ भन्दैनन्’ भन्ने तर्क गरेर असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले आज संसारमा संस्कार हराउँदै गएको गुनासो गरे। आज उनको आलोचना सोसल मिडियातिर बढी केन्द्रित रह्यो। हिजो पनि उनले सोसल मिडियाप्रति आलोचनात्मक टिप्पणी गरेका थिए।
आज उनले सामाजिक सञ्जलामा प्रयोग हुने भाषा हाम्रो संस्कारको नभएको तर्क गरे। ‘सामाजिक सञ्जालका नाममा हेर्नै नसकिने, सुन्नै नसकिने, पढ्नै नसिने कुरा आइरहेका छन्,’ प्रधानमन्त्री ओलीले चियापानमा सम्बोधन गर्दै भने, ‘यो नेपालीपन होइन, नेपाली सभ्यता होइन। नेपाली यति तल गिर्न सक्दैन।’
उनले नेपाली संस्कार विश्वकै उत्कृष्ट भएको तर्क गर्दै त्यसलाई माथि लैजानुपर्ने बताए। सरकारको काममाथि सामाजिक सञ्जालमा प्रश्न गर्नेहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेपछि प्रधानमन्त्री ओली रुष्ट देखिन थालेका हुन्। सरकारले काम गर्न नसकेकोमा सोसल मिडियामार्फत् आलोचनात्मक अभिव्यक्ति आउन थालेपछि प्रधानमन्त्री त्यसको प्रतिकारमा उत्रिएजस्तै गरी अभिव्यक्ति दिइरहेका छन्।
प्रधानमन्त्री ओलीले केही भएन भन्नेहरूलाई आँखा खोलेर हेर्न आग्रहसमेत गरे।
‘सम्भ्रान्तहरुलाई फरक परेको छैन, बुढाबुढीलाई सोध्नुस् फरक भएको छ कि छैन? स्वस्थ्य बिमा, प्रत्येकका बैंक खाता, फास्ट ट्र्याक खोलिएको छ,’ प्रधानमन्त्री ओलीले भने। उनले तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाएको उदाहरण पेश गरे। साथै सरकारले गरेका कामहरु देख्न आग्रह पनि।
ओलीले राष्ट्रलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने पनि बताए। उनले हल्लाका पछि नदौडिन पनि आग्रह गरे।
Comments
अरु समाचार
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...
-
राष्ट्रिय जेष्ठ नागरिकको सभापतिद्वारा पदवहाली
काठमाडौं । राष्ट्रिय जेष्ठ नागरिक कोषको सभापतिमा हालै नियुक्त हुनु भएका सभापति देवी प्रसाद सुवेदी,सदस्य सचिव गोपाल मेहताले आज असार...
-
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
काठमाडौं । व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा...
-
भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै...