ताजा समाचार

अनसनरत डा. केसीलाई लिन डडेल्धुरा पुग्यो सेनाको हेलिकप्टर

डडेल्धुरा । चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ औं अनसन बस्न डडेल्धुरा पुगेका डा. गोबिन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर पुगेको छ ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जनाएका छन् ।

यसअघि आइतबार विज्ञप्ति निकालेर डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको थियो। उनको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको अस्पतालले जनाएको छ ।

तर, केसीले काठमाडाैं जान भने मानिसतेका छैनन् । उनलाई लिन पुगेको सेनाको हेलिकप्टर डडेल्धुरास्थित सैनिक ब्यारेकमा राखिएको छ ।
काठमाडौंबाट गएको हेलिकप्टर डडेल्धुरास्थित सैनिक ब्यारेकमा राखिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org