ताजा समाचार

इतिहासको खराब मन्त्री भन्दै एक कर्मचारीले थुकिदिने धम्की दिएः मन्त्री पण्डित

काठमाडौं । संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीबाट आफूलाई धम्की आएको जनाएका छन् ।

कर्मचारीलाई सरुवा गर्न खोज्दा आफूलाई धम्की दिदै थुकि दिने धम्की आएको मन्त्री पण्डितले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जनाएका हुन् ।

‘संघीय निजामती सेवा विधेयक’माथिको दफावार छलफलका क्रममा मन्त्रीले आफूलाई ईतिहास कै खराब मन्त्री भएको भनेर कलर्मचारीले टिप्पणी गरेको समेत जनाएका हुन् ।

आफू मन्त्री बनेदेखि एकजना कर्मचारीको रेकर्ड हेर्दा वर्षमा दुई सय १० दिनसम्म विदेश भ्रंणमा गएको पाइएको समेत जनाए ।

यस्ता कर्मचारीबाट देश विकासको कल्पना गर्न नसकिने भन्दै मन्त्री पण्डितले राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन समेत परिवर्तन गर्नुपर्ने बेला आएको जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org