ताजा समाचार

प्रधानमन्त्रीको माया र सद्भावले मन्त्री बनें, घुस खान्नः मोती दुगड

काठमाडौं । नवनियुक्त उद्योग राज्यमन्त्री मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले राज्यमन्त्री बन्ने अवसर पाएको जनाएका छन् ।

आज कार्यभार सम्हाल्दै दुगडले आफ्नो मन्त्री पदमा नियुक्तिले उद्योगी उत्साहित भएको भन्दै घुस नखाने प्रण समेत गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले भने, प्रधानमन्त्रीको माया र सद्भाव र पार्टीको विश्वासले यो ठाँउमा  आइपुगेको छु । उद्योगमन्त्री भट्टसँग ट्युनिङ मिल्छ होला भन्ने विश्वास लिएको छु ।

आफू राजनीति भन्दा फरक पृष्टभुमिबाट आएको भएपनि काम गरेर देखाउने अठोट व्यक्त गरे ।

उद्योग राज्यमन्त्री मोती दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीको माया र सद्भावले आफू राज्यमन्त्री बन्ने अवसर पाएको बताएका छन् । तर, दुगड पूर्वएमालेका चन्दादाता मानिन्छन् । उनले निर्वाचनका बेला ठूलो धनराशी सहयोग गर्ने गरेको समेत जनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org