ताजा समाचार

सरकार नछाडेसम्म समाजवादीसँग पार्टी एकता हुन्नः संयोजक महतो

काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मणडलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार नछाडेसम्म पार्टी एकता हुन नसक्ने जनाएका छन् ।

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महतोले समाजवादी पार्टी सरकारबाट बाहिरिएको ख्डमा पार्टी एकता हुनसक्ने जनाएका हुन् । तर, उनले तत्काल भने पार्टी एकताको संभावना गाैण रहेको जनाए । देशमा वैकल्पिक शक्तिको निर्माणको खाँचो भएपनि आउने दिनमा यस्तो शक्ति निर्माणको बाटोमा लाग्नुपर्ने जनाए ।

मन्त्रिपरिषद् पुनर्गठनबारे सोधिएको प्रश्नमा संयोजक महतोले आफुसँस सम्बन्धित नभएको कुरा नसोध्न आग्रह गरे । आफू प्रतिपक्षी दल भएको भन्दै सरकारले माग सम्बोधन नगरेसम्म सरकारलाई समर्थन गर्न नसकिने समेत प्रष्ट पारे ।

उनले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको समेत बताए। उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरूविरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने प्रष्टाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org