ताजा समाचार

सरकारमा बसेर फाइदा लिने समयमा बाहिरिनु उचित छैनः उपेन्द्र यादव

काठमाडौं । नेपाल समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । सो पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको हो ।

सरकारमा बसेर फाइदा लिने समयमा बाहिरिनु नहुने उपेन्द्र यादव लगाएतका नेताहरुको तर्क छ ।

बैठकले सरकारसँग दु्ईबुँदे सम्झौता कार्यान्यनका सन्दर्भमा छलफल गर्न ४ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

कार्यदलमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ रहेका पार्टीका नेता डा.शिवजी यादवले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org