निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छः राज्यमन्त्री दुगड
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
राज्यमन्त्री दुगडले आफ्नै कार्यकक्षमा कुरा गर्दै राजनीतिक स्थायित्वपछि मुलुक समृद्धिको दिशामा अघि बढेको बेला निजी क्षेत्रलाई सरकारले रातो कार्पेट ओछ्याएर लगानी गर्नका लागि स्वागत गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “पूँजी लगानीका लागि राम्रो वातावरण तयार गर्नुपर्छ । उद्योग–व्यवसाय फस्टाउँदा ठूलो मात्रामा रोजगारी सिर्जना हुन्छ र रोजगारी सिर्जना भएमा गरिबी न्यूनीकरण गर्न सकिन्छ । साथै रेमिट्यान्सका भरमा चलेको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ ।”
राज्यमन्त्री दुगडले उद्योग मन्त्रालय निजी क्षेत्रको अभिभावक भएको र यसले उद्योग–व्यवसाय सञ्चालनको अनुमति दिन, प्रवद्र्धन गर्न, संरक्षण गर्न, बजार नियमन तथा अनुगमन गर्नाका साथै शान्तिसुरक्षा गर्नेसमेत जिम्मेवारी रहेको बताए। उपरोक्त कामका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गरी आवश्यक सहजीकरण गर्ने र उद्योगी–व्यवसायीका अन्य मन्त्रालयसँग सम्बन्धित कार्यका पनि समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
“संविधान जारी भएसँगै तीनै तहको सरकारको संरचना तयार भएको छ, राजनीतिक स्थायित्वपछि बनेको बलियो सरकारले समृद्धिको अभियान शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्पलाई कार्यान्वयन गर्न मुलुकमा अब उद्योग–व्यवसाय फस्टाउनु अपरिहार्य छ ।”
मुलुकमा बढ्दो वैदेशिक व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन र उत्पादकत्व बढाई निर्यातमूलक उत्पादनलाई प्रवद्र्धन गर्ने उल्लेख गर्दै राज्यमन्त्री दुगडले सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र सञ्चालन गर्नु अपरिहार्य रहेकामा जोड दिए । जडीबुटी, खानी तथा खनिज उत्खननमा जोड दिने साथै पर्याप्त मात्रामा विद्युत् उत्पादन गरी निर्यात गरेर व्यापार घाटा कम गर्न प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
मुलुकको व्यापार–व्यवसाय क्षेत्रमा वैदेशिक लगानी बढाउन नीतिगत सुधार गर्नुपर्ने, एकद्वार प्रणालीबाट सञ्चालन अनुमतिलगायत उद्योग–व्यवसायका आवश्यक सम्पूर्ण कार्य गर्नुपर्ने र श्रम समस्या समाधान गरी सहजीकरण गर्नुपर्नेमा जोड दिँदै राज्यमन्त्री दुगडले बहुआयामिक प्रतिफल दिने र अपार सम्भावना भएका कृषि, पर्यटन, वन, खानी र जलविद्युत्लगायत क्षेत्रमा लगानी वृद्धि गर्न तथा व्यवसाय सञ्चालनका लागि भरमग्दुर प्रयत्न गर्नेमा जोड दिए ।
साथै रुग्ण सार्वजनिक उद्योग सञ्चालनका सम्बन्धमा उनले आवश्यक अध्ययन गरी अघि बढ्ने र तत्काल राम्रो प्रतिफल दिने र ठूलो लगानी आवश्यक नपर्ने उद्योगलाई सरकारले सञ्चालन गर्ने तथा अन्यका हकमा थप अध्ययन गरी कतिपय त्यस्ता उद्योग निजी क्षेत्रलाई पनि सञ्चालनका लागि दिन सकिने धारणा व्यक्त गरे ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...