ताजा समाचार

प्रदेश ३ को राजधानी र नाम छिट्टै टुंग्याउनूः प्रचण्ड

स्थिरताका लागि पार्टीमा मैले र सरकारमा प्रधानमन्त्रीले जिम्मेवारी लिने निर्णय भयोः

मकवानपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकाल टुंगिएको भन्दै देशले विकासको दिशामा फड्को मार्ने जनाएका छन् ।

प्रदेश ३ को अस्थायी राजधानी हेटाैडा पुगेका प्रचण्डले प्रदेश ३ को राजधानी छिट्टै टुंग्याउन समेत आग्रह गरेका छन् । उनले आफू प्रदेशको राजधानी र नाम टुंगिनेमा आशावादी रहेको जनाए ।

यस्तै, उनले देशलाई संबृद्ध पार्न पार्टीको जिम्मेवारी आफूले र सरकारको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने गरि सचिवालय बैठकले निर्णय गरेको जनाए ।

जनतामा रहेको अलमल क्लिएर पार्न पार्टीमा ध्यान र जोड आफूले दिने र सरकारलाई प्रधानमन्त्रीले अलिबढि ध्यान र जोड दिने कुरा भएको उनले जनाए । सरकारमा आलोपालो भनेर रहेको अस्पष्ठता सकिएको र राजनितिक स्थिरताको सन्देश जनतामा गएको प्रचण्डको दाबी थियो ।

चीनका राष्ट्रपति सी जिनफिङको नेपाल ब्रमनले ठूलो सन्देश दिएको स्मरण गर्दै प्रचण्डले यही सरकार पाँच वर्ष चल्ने सन्देश दिन सचिवालय बैठक गर्नुअघिसम्म मान्छेहरूलाई के हो के हो सरकार भन्नेजस्तो लाग्ने गरेकोले ढुक्क भएर सरकार र पार्टीका काम गर्न सचिवालय बैठकले निर्णय गर्नुपरेको बताए ।

नेकपाप्रति जनताको आस्था, विश्वास, भरोसा बढेर गएको भन्दै उनले उप चुनावमा धेरै आशावदी रहेको जनाए । जनताले ७ दशक लडाई लडेर लल्याएको परिवर्तनमाथि उनीहरुको ठूलो विश्वास गरेको जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org