ताजा समाचार

तीब्र रुपमा स्वास्थ्यमा सुधार आएको छ: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्नमा धन्यवाद ज्ञापन गरेका छन् ।

सामाजिक संजाल ट्विटरबाट प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था तीब्र गतिमा सुधार भइरहेको समेत जनाएका छन् ।

उनले लेखेका छन्, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओली मृगाैलाका बिरामी पनि हुन भने उनको स्वास्थ्यमा देखिएको सुधारपछि केहि दिनमा डायलासिस समेत गरिने तयारी थालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org