ताजा समाचार

न प्रो चाइनिज, न प्रो इन्डियन हामी प्रो नेपाली बन्नूपर्छ

चिनियाँ राष्ट्रपतिको चाहनामा म चीन भ्रमणमा जादैछुः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले चीन भ्रमण गर्ने भएका छन् ।

नेपाल-चीन मिडिया फोरमले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा आफू चीन भ्रमणमा निस्किन लागेको जनाएका हुन् । चिनियाँ प्रधानमन्त्री सी जिनफिङले प्रचण्डको नेतृत्वमा नेपाली टोली चिन भ्रमणमा आओस भन्ने चाहना प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकाले त्यसतर्फ जान लागेको जनाएका हुन् ।

विभिन्न समयमा गरेर चिनियाँ राष्ट्रपति सीसँग आठ पटक भेटवार्ता भइसकेको भन्दै प्रचण्डले चिनियाँ जनतासँग समेत सम्बन्ध स्थापित भएको अनिभूति गरेको जनाए ।

नेपाल-चीन सम्बन्धबारे प्रचण्डले अशल छिमेकी भएको र चीन नेपालको विकासको साझेदार बन्न तयार रहेको जनाए ।

नेपाली राजनीतिमा पहिले प्रो चािनिज प्रो भारतीय भन्ने कोसिस भएकाले नेपालको विकासले गति लिन नसकेको भन्दै अब प्रो नेपाल बनेर छिमेकीको साथ र सहयोग लिएर विकास गर्नुको विकल्प नभएको प्रचण्डको भनाई थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org