ताजा समाचार

बलात्कार आरोपमा सिद्धबाबा अस्पतालको आइसियुबाटै पक्राउ

सुनसरी । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माको टोलीले गिरीलाई आज बिहान करिब ५ बजेतीर उनी उपचाररतः विराट नर्सिङहोम बाट पक्राउ गरेको हो ।

शर्माले हाल उनको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण भइरहेको सेतोपाटीलाई बताए ।

उनलाई आजै अदालत लगेर अनुसन्धानका लागि म्याद थपको माग गर्ने तयारीमा प्रहरी रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org