ताजा समाचार

प्रधानमन्त्री ओलीलाई किन लगियो अकस्मात अस्पताल ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ ।

उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएकाे हाे । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ ।

स्राेतका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको बताइएकाे छ ।

प्रधानमन्त्री ओलीलाई डायलासिसका लागि अस्पताल लगिएको र आजै फर्किने उनका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन ।

प्रधानमन्त्रीलाई किन अस्पतालमा लगिएकाे हो भन्ने विषयमा आधिकारिक सूचना भने दिइएकाे छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org