ताजा समाचार

चन्द्रागिरिमा पर्‍यो हिउँ

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ ।

बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो ।

‘अहिले हल्काफुल्का हिउँ परिरहेको छ, साँझसम्म धेरै नै पर्ला जस्तो छ,’ चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भने ।

हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ ।

शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ ।

‘एकदम हल्का वर्षा त भइसक्यो। आज साँझ ६-७ बजेतिर काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने देखिएको छ,’ महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताइन् ।

उनका अनुसार शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ ।

‘यसपालिको पश्चिमी वायुको प्रणाली बलियो छ। तर शनिबार साँझदेखि यसको प्रभाव हट्दै जान्छ । शनिबार बिहान पनि आजजस्तो धुम्म बादल लाग्दैन,’ पोखरेलले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org