ताजा समाचार

प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि सोमबारदेखि छलफल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपाको स्थायी समिति बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि भोली पुनः छलफल हुनेछ ।

आइतबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रचण्डले प्रतिवेदन पेश गरेका थिए ।

करिब दुई घण्टा स्थायी समिति बैठक चलेर स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्य स्थितिका कारण बैठकमा अनुपस्थित भएका हुन् । यद्यपी आज बिहान नै नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org