ताजा समाचार

सहसंयोजकलाई विधिमा बस्न युवा संघ नेताको चेतावनी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका नेताहरुले संगठनका असहमति मिडियामा सार्वजनिक गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको सहसंयोजक रमेशकुमार पौडेलले एक अन्तर्वार्तामा संयोजक रामप्रसाद सापकोटा `दिपशिखा´ले माफी नमागे गम्भीर समस्या सिर्जना हुने जनाएको भन्दै विरोध सुरु भएको हो ।

तत्कालीन वाइसीएल महासचिव तथा युवा संगठनका नेता सुवोधराज सेर्पालीले सहसंयोजक पौडेलले यसरी बोल्नु गलत मात्रै नभएर एकता प्रक्रियालाई लम्ब्याउन खोजेको आरोप लगाएका छन् ।

आक्रोशित हुँदै नेता सेर्पालीले लेखेका छन्, `संगठन एक भैसकेपछी हस्ताक्षर संयोजकले मात्र गर्ने प्रचलन बिगतदेखी चल्दै आएको छ । यो सबै राजनीतिक संगठनहरु लागू गर्दै आएको कुरा हो । हाम्रो पार्टीमा समान दुई अध्यक्ष हुनुहुन्छ दुई जनाको हस्ताक्षर चल्छ । आजकाल कहिलेकाही कार्यकारी अध्यक्षले मात्र पनि गर्नुहुन्छ । जनसंगठनको एकताले दुई अध्यक्ष राखेन त्यसकारण एक संगठन दुई हस्ताक्षर वा निर्देशन कहि हुँदैन । यसमा मैले देखेको कार्यभार सम्हालिरहेको ब्यक्तिले यसरी बोल्नु र बिषयलाई सामुहिकता भन्दा आफू केन्द्रित भइ अमर्यादित बन्ने सहसंयोजकले नै माफी माग्नु पर्दैन ? बिषय जेहोस आन्तरिक रुपमा समाधान खोज्नुपर्छ यसरी आम कार्यकर्ता भ्रमित हुने गरि बोल्न राष्ट्रिय युवा संघ नेपालको सदस्य हुनुको नाताले कसैलाई छुट छैन ।´

यस्तै, राष्ट्रिय युवा संघ नेपालको एकता प्रक्रिया तीब्र गतिमा अगाडि बढेको भनिएपनी पछिल्लो समय विवाद लम्बिन थालेको जनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org