ताजा समाचार

डिजिटल लभ : सम्बन्ध जोड्ने नयाँ कडी

काठमाडाैं । खोला वारी, खोला पारि, पीपल र वर
हावा चल्यो, पात हल्यो, माया वरपर

तीन दशकअघि कलाकार मदनकृष्ण श्रेष्ठले यो गीत लेख्दा परिवेश त्यस्तै थियो।

गीतमा खोला समयको प्रतिक थियो।

प्रेमी-प्रेमिकालाई भूगोल र सामाजिक परिवेश दुबैको बाधा थियो। प्रेम अभिव्यक्त गर्ने माध्यम थिएन।

पछिल्लो समय एरेन्ज म्यारिज गर्नेहरुले पनि बिहे गर्ने वा नगर्ने निर्णय गर्नुअघि सामाजिक सञ्जालमा प्रोफाइल परिक्रमा गर्छन्।

हिजो केटा-केटीको रिल फोटो हेरेर बर बधु छनोट गरिन्थयो भने आज त्यसको माध्यम सामाजिक सञ्जाल बनेको छ अर्थात प्रेममात्र नभएर बिहे पनि डिजिटलाइज भएको खबर आज शुक्रबार प्रकाशित भएको साप्ताहिकमा कृष्ण आचार्यले लेखेका छन्।

पत्र र फोनको माध्यम प्रयोग गर्दै अघि बढेको प्रेम यतिबेला डिजिटल संसारमा हुर्किरहेको छ, जसलाई सामाजिक सञ्जालले पोषण गरिरहेको छ।

पछिल्लो सयम डेटिङ एप प्रयोग गरेर माया पिरती गाँस्नेहरुको संख्या पनि उत्तिकै छ।

एपमार्फत प्रेम र विवाहसम्म पुग्ने प्रचलन बढ्दो छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org